काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरूबीच भएको २ बुँदे सहमतिबारे संसद्मा जानकारी गराएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा सहमतिबारे जानकारी गराउँदै उनले सुन तस्करीबारे अनुसन्धन गर्न २ बुँदे सहमति भएको जानकारी दिए । उनले २ बुँदे सहमतिले दलबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको…