गणेश लामा पुर्पक्षका लागि थुनामा

काठमाडौं- तहतियार तथा खरखजाना मुद्दा भोगिरहेका गणेश लामालाई पुर्पक्षमा थुनामा पठाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको मागदावी अनुसार लामालाई थुनामा पठाएको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार लामाविरुद्ध ६ महिनादेखि १ वर्षसम्मको कैद र एक लाख जरिवाना मागदावी गरिएको थियो। जिल्ला प्रशासनको आदेशअनुसार लामालाई सदरखोर डिल्लीबजार चलान गरिएको छ। फागुन अन्तिम…