काठमाण्डु - आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । स्कटल्यान्डको डुन्डीमा गए राति भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । विश्वकप लिग–२मा यो नेपालको दोस्रो जित हो । पहिलो खेलमा…