उदयपुर । त्रियुगा नगरपालिका–५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । बन्दुक बरामद सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।