काठमाण्डु – दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करी प्रकरणमा महिमा माझीलाई पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको सीआईबीले जनाएको छ । माझीले सुन तस्करीको रकम क्रिप्टोमार्फत विदेशमा भुक्तानी गर्दै आएको अनुसन्धानबाट खुलेको…