काठमाण्डु— सशस्त्र प्रहरी बलमा उच्च अधिकृतहरुको रोकिएको बढुवा अघि बढेको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएकै दिनदेखि सशस्त्रमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढेको हो । उनले उच्च अधिकृतहरुको बढुवा रोकिंदा वृति विकासमा असर परेको भन्दै बढुवा प्रक्रिया अघि बढाएका हुन् । केसीको महानिरिक्षक पदमा नियुक्ति भएसंगै एआईजी,इन्सपेक्टर र प्राविधिकतर्फका एसएसपीहरुको…