– कृष्ण दवाडी काठमाडौं – यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् । श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा…