शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब

काठमाडौँ -संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई शुक्रबार हुने घरेलु टोलीविरुद्धको दोस्रो टी-२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी-२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ…