नेपालको सातौं विकेट गुम्यो, दिपेन्द्र ऐरी आउट भएपछि सन्दीप मैदानमा

काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध खेलिरहेको नेपालको सातौं विकेट गुमेको छ । भारतीय बलर हार्दिकको बलमा दिपेन्द्रसिंह ऐरी आउट भएका छन् । ४१ ओभरको समाप्तिमा नेपाल २०० रन नजिक पुगेको छ । अब सन्दीप लामिछाने ब्याटिङमा आएका छन् ।